Logo

अनलाइनपाना खोज

नेकपा सांसद बानियाँको लाजमर्दो हर्कत, परस्त्रीलाई म्यासेन्जरमा अश्लिल शब्द



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुगुका सांसद मोहन बानियाँको लाज मर्दो हर्कत बाहिरीएको छ ।

नेकपा मुगुका इन्जार्च एवम् नेकपा केन्द्रीय सदस्य समेत रहेका सांसद बानियाँले परस्त्रीसँग फेसबुकमा लाजमर्दो म्यासेज पठाएका छन् ।आफ्नै श्रीमतीलाई समेत प्रयोग गर्न नमिल्नेल शव्द आफूलाई पठाएको भन्दै एकिकृत अखिल शिक्षक संगठन कर्णाली प्रदेश सदस्य तथा महिला विभाग सह-संयोजक शान्ति शाहीलाई फेसबुकमा अश्लिल शव्द पठाएको कुरा बाहिरिएको छ ।

जुम्ला घर भएकी शाहीले आफू त्यसका विरुद्ध कानूनी प्रक्रियामा अघि बढ्ने जानकारी दिएकी छिन् । सांसद बानियाँले हुने नहुने प्रलोभन देखाएर आफूले अप्रशेन गरेको ११ दिनमा मेरी बुढि, मेरी प्यारी, मेरो हिरोइनी, तँ विना म बाँच्न सक्दैन । तँसँगै सुत्छु भन्दै म्यासेज पठाउँदै मानसिक रुपमा टर्चर दिएको शाहीले बताएकी छिन् ।

सांसद बानियाँले आफुलाई मंसिर देखि निरन्तर रुपमा गलत म्यासेज पठाएको बताएकी छिन् । उनले नारीको चरित्रलाई सामान्य ठान्ने सांसद बानियाँलाई माफि माग्नुहोस भन्दा आफुले रक्सी सेवन गरि लेखेको बताए पनि माफी नमागेको दाबी गरेकी छिन् । उक्त म्यासेज आफ्नो श्रीमानले समेत देखेको बताउँदै शाहीले आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी छिन् ।

शाहीले सांसद बानियाँले कार्यकर्ताहरुबाट समेत आफ्नो चरित्र हत्या गर्ने क्रियाकलाप सहित फेसबुक मार्फत अपशव्द आइरहेको जनाएकी छिन् । उनले फेसबुक स्टाटस लेख्दै आफूलाई अश्लिल शव्द प्रयोग गर्दै घरमा फाटो हाल्ने काम गरेको आरोप लगाएकी छिन् । जनताको हक हित र सुरक्षाको लागि मुगाली जनताले सांसद जस्तो गरिमामय पदमा विजयी गराएको कतै ठूलो भूल पो भयो कि भन्दै प्रश्न गरेकी छिन् । उनले सांसद जनताले बानियाँलाई कार्बार्ही गर्न सिंगो पार्टी पंक्ति र सरोकारवाला निकायलाई आग्रह गरेकी छिन् ।

सांसद बानियाँले गल्ती स्वीकार गर्नुको सट्टा आफु निर्दोष सावित हुन् मिडियाकर्मीहरुसँग आफूलाई पागलको संज्ञा दिएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् । उनले सांसद पदमा रहेर झुट बोल्न कत्ति पनि लाज लागेन भन्दै आफूलाई पागल प्रमाणित गर्न समेत दाबी गरेकी छिन् । उनले भनेकी छिन्,म स्वस्थ छु, म पागल भए मेरो स्कुलको प्रअको कसरी जिम्मेवारी पाएँ ।

मास्टर डिग्रि कसरी गरे । स्टाप नर्स कसरी पढें ।अस्थायी शिक्षकको केन्द्रीय कोषाध्यक्ष कसरी भएर आठौं ऐन संशोधन नवौं संशोधन ल्याउनमा ठूलो देन छ । अहिले एकिकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेशको सदस्य तथा शिक्षक महिला विभागमा आफ्नो गितले उच्च ठाउँ लिएको र आफू कलाकार समेत रहेको दाबी गरेकी छिन् ।

माननीय ज्यू पागलमा यति प्रतिभा कसरी हुन्छ भन्दै प्रश्न गरेकी छिन । साथै नेपालको कानूनले जून दिन आफूलाई न्याय गर्ने छ । सोहि दिन मोहन बानियाँ अपराधी बनेर घरमा थन्किएको छ भन्ने मेरो कानले सुन्ने छ भन्दै फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् ।

सांसद बानियाँले भने गल्ती स्वीकार गरेका छैनन् । उनले भने, फेसबुक वालबाट स्टाटस हटाइसकेको भन्दै अनावश्यक बार्गेनिग गरेको आरोप लगाए । आफ्नो सम्बन्ध दिदि बहिनी जस्तै भएको र गोपाल जीको नाताले आफू मेडम भन्ने गरेको छोटो जवाफ दिएका छन् । तर शाहिले सांसद बानियाँका कार्यकर्ताले समेत एकपछि अर्को रुपमा चरित्र हत्या गर्न खोजेको आरोप लगाएकी छिन् । अडियो र आवश्यक प्रमाण अनलाइनपानासँग सुरक्षित छ ।

यो स्टाटस् हेर्नुहोस्

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार १०:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।