प्रधानमन्त्री एबम नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रममा बोल्दै नेपालमा अपराध र भ्रष्टाचारले शीर झुक्ने अवस्था रहेको बताएका छन् । ओलीले उक्त कार्यक्रमको औपारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
कार्यक्रममा सम्बाोधन गर्दै प्रधानमन्त्री ओलीले भने विद्धवान पुर्खा भएको देश आज भ्रष्टचारमा कहा छ ? अपराधमा कहाँ छ ? शिर झक्ने अवस्था छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र सर्बोत्तम प्रणाली भनेर ल्याएका हौ , गरिबीबाट माथि उठेको, भ्रष्टाचारबाट मुक्त र अपराध नभएको मुलुक बनाउन सक्नुपर्छ ओलीले भने। उनले नेपालको सीमा भित्र गरगहना हराउन नसक्ने बनाउनु पर्नेमा जोड दिए। देशलाई सभ्य नैतिवान र शान्त बनाउनु पर्ने उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु कुनै देशको विरुद्ध कार्ड नखेल्ने बताएका छन्। ‘हामी कुनै छिमेकी मित्र राष्ट्रका विरुद्ध हामी कार्ड खेल्दैनौ। हाम्रो कोही शत्रु छैनन्। सबै मित्रै मित्र छन्।
कुनै देशमा बाह्या हस्ताक्षेप बान्छनीय होइन। छिमेकीसँग वा अन्तर्राष्टिय मित्र संग असमझदारी बढाउछु भन्ने त्या असफल प्रयास हो’, प्रधानमन्त्रीले भने।
समाजमा भ्रम फैलाउने कुरा लोकतन्त्रको पक्षमा छैनन्। त्यो बाटोमा जानु हुदैन।





















प्रतिक्रिया