Logo

विचार / ब्लग

आँखालाई स्वस्थ राख्न के गर्ने ? यस्ता छन् उपायहरु…



सुजता अम्गाई 

आँखा मानिसको संवेदनशील अंग हो । मानिसको स्वास्थको महत्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनौ । धेरै धुवाँ, धुलो र भाइरसहरूले प्रत्यक्ष रूपमा आँखालाई असर गरिरहेको हुन्छ। हाम्रो जीवनमा हरेक शरीरका अङ्गहरुको आवश्यक पर्छ त्यो मध्ये एक हो आँखा । आँखाले हामी संसार देख्ने गर्छ आँखा बिना संसार अन्धकारमय छ  हामीले आँखाको राम्ररी हेरविचार गर्नुपर्छ। जब कुनै समस्या आइपर्छ अनि मात्र त्यसको समाधानतर्फ लाग्छौं तर कतिपय यस्ता पनि मान्छे छन् जसले कहिल्यै आँखा जाँच गराएका छैनन् ।

आँखालाई स्वस्थ राख्नका लागि  चेकअप गराउनुपर्दछ । मानिसको जति उमेर बढ्दै जान्छ तेति नै आँखामा समस्या देखा पर्दै जान्छ । पछि आउने समस्या हुन नदिनका लागि नियमित आँखा जाँच गराउनुपर्छ । लगातार रूपमा कम्प्युटर, मोबाइल आदिमा काम गर्दा यसको विद्युतीेय प्रभावले गर्दा आँखामा असर पर्ने जान्छ,जसले गर्दा आँसु आउने, आँखा पोल्ने ,आँखा कमजोर हुने समस्या देखा पर्दछ । आँखालाई चाहिने तत्व जस्तै-हरियो सागपात ,पहेँलो फलफूल, माछामासु जस्ता खानेकुरा खानुपर्छ। साथै नियमित रूपमा शारीरिक व्यायाम  गर्नुपर्छ। 

हरियो सागसब्जीले खाने तथा व्यायाम गर्नाले मधुमेहका रोगीहरूको आँखामा र स्वास्थ्यमा फाइदा पुर्याउछ। आँखालाई सुक्खा राख्न नदिन वा स्वस्थ राख्नका लागि भिटामिन ‘ए’को आवश्यकता पर्दछ जुन तत्व गाजरबाट प्राप्त गर्ने सकिन्छ । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले आँखालाई सुक्खापनबाट जोगाउने काम गर्छ । आँखालाई स्वस्थ राख्नका लागि  केही अमला पानीमा भिजाउने र बिहान त्यही पानीले आँखा सफा गर्ने । त्यसैगरी, थोरै मात्रामा जिरा र मिश्री धुलो पिस्ने र यसलाई पानीमा मिसाएर नियमित खाने गर्नाले पनि आँखा तेजिलो हुन्छ ।

आँखा स्वस्थ राख्न अपनाउनुहोस् यस्ता उपायहरु :

१.आँखा एकोहोरो नहेर्नुहोस्

२.उचित चस्माको प्रयोग गर्नुहोस्

३.आँखामा वंशाणुगत समस्या देखिन्छ,हेरविचार गर्नुहोस्

४. चेकअप गराउनुपर्दछ

5.स्वस्थ रहनुहोस्

६.आँखाको सुरक्षामा ध्यान दिनुहोस्

७.आँखालाई सुक्खा नबाउनुहोस्

8.धुम्रपान नगर्नुहोस्

९.आँखालाई चाहिने तत्व  हरियो तरकारी, पहेँलो फलफूल, माछाजस्ता खानेकुरा खानुहोस् 

१०.आँखा स्वस्थ घरेलु विधि प्रयोग गनुहोस् ।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १५:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।