Logo

प्रमुख समाचार

आफ्नै सरकार माथि टोपबहादुरको आक्रोश : ‘मुलुक आर्थिक संकटमा पुगिसक्यो अब के को समृद्धि ?’



नेकपाका नेता एवं पूर्व उपप्रधामन्त्री टोप बहादुर रायमाझीले पन्ध्रौं योजना यथास्थितिवादी रहेको भन्दै यसले मुलुक समृद्ध बनाउन नसक्ने ठोकुवा गरेका छन् । नयाँ सं‌विधान र स‌ंघीयता पछि समृद्धिको बाटोमा लाग्नुपर्ने सरकारले फेरि परम्परागत योजना ल्याएर मुलुकलाई उल्टो गतिमा हिडाउँन खोजेको आरोप लगाए ।

बुधबार राष्ट्रिय योजना आयोगद्वारा आयोजित राष्ट्रिय परामर्श तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेता रायमाझीले यस्तो प्रतिक्रिया दिएका हुन् । आयोगले दीर्घकालीन सोच सहितको पन्ध्रौं योजना आधारपत्रको मस्यौदा सम्बन्धी छलफलको लागि उनलाई बोलाएको थियो ।

कार्यक्रममा बोल्दै नेता रायमाझीले यो सरकारले ल्याएको समृद्धिको नारा पूरा हुने नहुने कुरा त बजेटको कार्यान्वयनबाट नै देखिएको भन्दै उनले यसमा टिप्पणी गर्न आवश्यक नै नरहेको बताएका छन् । नयाँ बजेट आउने बेलासम्म ८० प्रतिशत आयोजनाहरुको टेण्डर नै प्रकाशित नभएको भन्दै उनले अब टेण्डर आह्वान गरेपनि त्यो कम्तिमा ४५ दिनको प्रक्रिया सकिँदा नयाँ बजेट ल्याउने समय हुने बताएका छन् ।

उनले राज्यको ढुकुटी रित्यिईसकेको भन्ने चर्चा चलेको र यसले मुलुक नै असफल राष्ट्र बन्दै छ भन्ने चर्चा भईरहेको बेलामा अब नयाँ बजेट कसरी ल्याउने भन्दै प्रश्न गरेका छन्। उनले भने ‘एउटा बजेटको समय सकिने बेलासम्म टेण्डर नभई अर्काे बजेटको तयारी हुन्छ ।

हामी समृद्धिको कुरा गर्छौं । यसको बारेमा चर्चा भयो ?’झण्डै सय खर्बको पञ्चवर्षीय योजना बनाउने योजना आयोगले राज्यको ढुकुटी रित्यिएको छ कि छैन ? भन्दै उनले प्रतिप्रश्न गरेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।