Logo

खेलकुद

शाहिद अफ्रिदीको रेकर्ड तोड्दै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप



नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यो वर्षको सबैभन्दा धेरै विकेट लिने स्पिनर बनेको छन् ।सन् २०१९ शुरु भएयता उनीले विभिन्न अन्तर्राष्ट्रिय प्रदर्शनमा सर्वाधिक विकेट लिने इतिहास तोडेका हुन् ।सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार सन्दीपले पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्ड तोडेका छन् ।अफ्रिदीको नाममा २६ विकेट रहेको छ । यस्तै अफ्गानिस्तानका राशिद खानको नाममा २५ विकेट छ भने बङ्गलादेशका सकिब अल हसनले २४ विकेट लिएका छन् ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबारको खेलमा २ विकेट लिएसँगै सन्दीप अन्तर्राष्ट्रिय रेकर्ड तर्फ उन्मुख भएका हुन् । आइपीएलमा सन्दीप दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् ।

सन् २०१९ मा सन्दीपले सबैभन्दा धेरै पाकिस्तान सुपर लिगमा सन्दीपले ११ विकेट लिएका छन् । यस्तै यूएईसँगको तीन टि–२० सिरिजमा पाँच विकेट लिएका उनले बङ्गलादेश प्रिमियर लिगमा ४ विकेट लिए ।

अष्ट्रेलियाको बिग ब्यास लिगमा उनले चार विकेट झारेका थिए । र, हाल जारी आइपीएल क्रिकेटमा २ विकेट लिएसँगै उनको खातामा २७ विकेटको ऐतिहासिक सफलता लेखिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलवार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।