Logo

प्रमुख समाचार

तरुण दलका महासचिव भुपेन्द्रजंगद्वारा स्वास्थ्य शिविर सञ्चालन



नेपाल तरुण दलले बाराका हावाहुरी पीडितहरूको स्वास्थ्य परीक्षणका साथै राहत उपब्ध गराएको छ ।तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले शुक्रबार औषधि, चिकित्कहरूसहित बारा आएर शिविर चलाएका हुन् । शाहीले पीडितहरूलाई राहत पनि वितरण गरेका छन् ।

‘बिनासकारी हावाहुरी पीडितहरूको दुःखमा थोरै भएपनि मद्धत पुगोस भनेर आज बारामा राहत बितरण तथा स्वास्थ्य शिबिरमा सहभागी भएको छ’, तरुण दलका महासचिव शाहीले भनेका छन् ।

उनले भनेका छन्, ‘प्रत्यक्ष घटनास्थलमा पुग्दा यो अनुभूति भो वास्तबमै हामी नेपालीमा सेवाको भावना, सद्भाव र सहयोगी मन प्रशंसनीय रहेछ ।’यसअघि नेपाल तरुण दलले मृतकका परिवारलाई जनही दश–दश हजारका दरले एक हप्ताभित्र राहत उपलब्ध गराउने बिहीबार घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार १२:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।