Logo

मनोरञ्जन

युक्रेनमा हास्यकलाकार राष्ट्रपति बनेपछि दिपकराज गिरी खुसिले गदगद



युक्रेनमा हास्यकलाकार जेलेनेस्कि राष्ट्रपतिय निर्वाचनमा विजयी भए पछि नेपाली हास्यकलाकारले पनि खुसि व्यक्त गरेका छन् । टेलिभिजनमा राष्ट्रपतिकै रोल निर्वाह गर्दै आएका जेलेनेस्कि बास्तविक रुपमा नै राष्टपतिमा निर्वाचित भए पछि अहिले विश्वव्यापी रुपमा चर्चाको विषय बनेको छ ।

जेलेनेस्कि राष्टपतिमा विजयी भएपछि नेपाली हास्यकलाकार दिपकराज गिरीले सामाजिक संजाल फेसबुक मा जेलेनेस्किको फोटो राख्दै बधाइ दिएका छन् ।उनले भनेका छन् –

‘युक्रेनका हास्य कलाकार जो राष्ट्रपति भए…..

हास्य कलाकार माथिको बिश्वास नेपालमा मात्रै होइन बिश्वब्यापी रूपमै बढि छ भन्ने कुराको पुष्टि ……हास्य कलाकार लाइ दर्शकले आफ्नो परिवारको सदस्यको रूपमा लिएका हुन्छन्…… हार्दिक बधाइ जेलेनेस्कि!!!
सबैलाइ नमन… शुभदिन, शीतल दिन…!!!’

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।