Logo

मनोरञ्जन

१८ बर्ष माथिकाले मात्रै हेर्न मिल्ले प्रियंका कार्कीको यस्तो भिडियो बाहिरीयो



पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारहरु आउँने क्रम बढ्न थालेको छ । नयाँ कलाकार आउन थालेपछि पुराना कलाकारहरु धेरै म्युजिक भिडियोमा आएका छन भने कतिले सामाजिक कार्यको थालनी गरेका छन् ।

यो बिचमा नेपालमा एक उदाहरणको रुपमा हेरिएको मह जोडीको विशेष भुमिका भएको दालभात तरकारीको नयाँ गीत बजारमा आएको छ । यही बैशाख २० गते रिलिज हुने प्रतिक्षित सिनेमा ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । मह सञ्चारको व्यानरमा निर्माण भएको सिनेमामा समावेश ‘एन्टिबायोटिक खाउँला’ बोलको गीत शुक्रबार इन्टरनेटमा रिलिज भएको छ ।

प्रिंयका कार्कीलाई फिचर्ड गरिएको गीतमा शम्भुजित बाँस्कोटाको संगीत, हरिवंश आचार्यको शब्द तथा मिना निरौलाको स्वर छ । सार्वजनिक गीतमा प्रिंयका निकै बोल्ड देखिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो चितवनमा छायाँकन गरिएको हो ।

निर्माण टिमका अनुसार अभिनेत्री प्रियंका कार्की सिनेमामा सार्वजनिक गीतमा मात्र देखिनेछिन् । सिनेमामा हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा लिड रोलमा छन्।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार ११:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।