नायिका रेखा थापाले लाभकर तिर्न अटेरी गरिरहेको एनसेलको कार्यालयमा सरकारले तल्काल ताला लगाउँनु पर्ने बताएकी छिन् । खुलमखुल्ला तिर्नु पर्ने कर नतिरे र नेपाली जनतामाथी अन्याय गरिरहेको एनसेलमा यदि सरकारले ताला लगाउँन नसके जनतालेनै ताला लगाउँनु पर्ने धारणा थापाको थियो ।
उलने भनिन् यो त अति भयो एनसेलमा सरकारले तत्काल ताला लगाउँनु पर्छ होइन भने हामी आफैँ ताला बोकेर जानु पर्छ म त जान्छु तपाइहरु तयार हुनुहुन्छ ?
आज राजधानीमा आयोजीत एक कार्यक्रमा बोल्दै थापाले आफुले एयरपोर्टको नराम्रो कुरा पनि उठाएको र त्यसमा जनताले साथ पाएको भन्दै राम्रो काम जसले गरे पनि आफ्नो सपोर्ट रहने बताइन ।





















प्रतिक्रिया