पूर्व गभर्नर डा.तिलक रावलका छोरा विवेक रावलले मदिरा प्रयोग गरी सोल्टी होटलमा तहल्का मच्चाएका छन् ।अर्बपति मानिनेका छोराछोरी फुर्सदको समय सदुपयोग गर्न जानी सोल्टी होटलमा यस्तो तहल्का मच्चिएको हो ।
तहल्कामा पूर्व गभर्नर रावलका छोराले मदिराको तालमा अश्लिल शब्दहरुनै उच्चारण गरेको आरोप लागेको छ ।२०७६ वैशाख २१ गते सोल्टी होटलमा क्लबको शनिबारे पार्टी चलिरहेको अवस्थामा उनले युवतीहरुसँग अंग्रेजी र हिन्दी गीतहरुमा प्रफम गर्दैगर्दा बेस्सरी मदिरा पिए, र जे मनमा लाग्छ तेही मुखले बोले ,
के बोले रावलले ?
राम्रोसँग खुट्टासम्म टेक्न नसक्ने गरी मदिरा पिएका रावलले मध्यरात तिर काउन्टरमा बिल तिर्ने विषयमा क्यासियरसँग भनाभन भयो । नपिएको मदिराको बिल किन पठाइस भनेर आरोप लगाए, उनी आफै जंगिए अनी ठूलो ठूलो श्वरले चिच्याए ।
‘मलाई चिनेको छैनस् म त गभर्नरको छोरा हुँ’, ‘तँलाई थाहा छैन यो नोटमा मेरो ड्याडको सिग्नेचर छ । मैले चाहे तँलाई माटोमुनि मिलाइदिन सक्छु । यतिमात्र होइन, की मुखमा आएजति बोले, अन्त्य सम्म त काउन्टरमा बसेका कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिए ।
हुन पनि उनी, पूर्व गभर्नर डा.तिलक रावलकै पुत्र । उनका पिताको हस्ताक्षर भएका नोट अझै पनि आक्कल झुक्कल भेटिन्छन्। तर यता कर्मचारीले भने बिल त्यति नै उठेको हो बढाईचढाई नलेखेको दाबी गरे । रावलले तथानाम गर्न नछोडेपछि तल्लो तहका कर्मचारीले क्लब म्यानेजरलाई बोलाए ।
म्यानेजर आएर शान्त बनाउन प्रयास गरे तर सकेनन् । पटक पटकको बोलीमा पिताको नाम लिँदै झक्किरहे । यस्तै अवस्था देखिरहेपछि म्यानेजरले सिसिटिभी क्यामरा अफ गरी हातपात गरे । यति गर्दा पनि साम्य हुन नसकेपछि प्रहरीलाई खवर पुग्यो । तर प्रहरी आँउदा भने रावल भागिसकेका थिए भने म्यानेजर पनि आफ्नो काममा पुनः फर्किसकेका थिए ।
म्यानेजरको रामधुलाईबाट घाइते भएका रावलको करङ नै भाच्चिएको रहेछ । उनी अस्पताल तिर लागेछन्, टिचिङ अस्पताल, पछि मात्र थाहा भयो ।अहिले घट्नामा संलग्न भएका ३ जनालाई प्रहरीेले पक्राउ गरि अनुसन्धान थालेको छ । रावलले पिटाइ खाएको विषयमा प्रहरीले ज्यान मार्ने अनुसन्धान गरिरहेको छ ।





















प्रतिक्रिया