Logo

सूचना/प्रविधि

३९ जिल्लामा नेपाल टेलिकमको एफटीटीएच सेवा



नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवा ३९ जिल्लामा पुगेको छ । डेढ बर्षअघि बृहत कार्ययोजना बनाएर सुरु गरेको उक्त सेवा ३९ जिल्लामा पुगेको टेलिकमले जनाएको छ ।  

टेलिकमका सहप्रवक्ता रन्जित लोहियाका अनुसार उक्त सेवा हाल तनहुँ, सुर्खेत, सुनसरी, सोलुखुम्बु, सिराहा, सिन्धुपाल्चोक, सुन्धुली, रुपन्देही, प्युठान, पर्वत, पर्सा, परासी, पाल्पा, नवलपुर, म्याग्दी, मुस्ताङ, मोरङ, नवलपरासी, ललितपुर, काभ्रे,  काठमाडौँ र कास्कीका केही स्थानमा उपलब्ध रहेको छ । यसैगरी, कपिलवस्तु, कन्चनपुर, कैलाली, झापा, डोटी, दोलखा, धनुषा, धनकुटा, धादिङ, दाङ, दैलेख, डडेलधुरा, चितवन, भक्तपुर, बारा, बाँके, बाग्लुङ र अछाममा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको छ ।

कम्पनीका अनुसार उपत्यका बाहिरको हकमा कम्पनीको फाइबर पुगेको स्थानमा उक्त सेवा उपलब्ध हुँदै आएको छ । सुरुआती चरणमा एउटै तारबाट (एफटीटीएच सेवाबाट) भ्वाइस र इन्टरनेट सेवा उपलब्ध हुँदै आएकोमा शुक्रबार (अंग्रेजी नयाँ वर्ष) बाट उक्त फाइबरमा एनटी टिभी सेवा थप भएको छ । 

एउटै तारबाट तीन छुट्टा छुट्टै सेवा प्रवाह गर्ने नेपालको पहिलो कम्पनी नेपाल टेलिकम रहेको सहप्रवक्ता लोहिया बताउँछन् । उनका अनुसार सुरुवाती चरणमा कम्पनीले काठमाडौँ उपत्यका भित्रका केही स्थान र काभ्रेको बनेपामा उक्त टिभी सेवा उपलब्ध गराएको छ । जसमा सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोंगबु, पाटन, हात्तिगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यका बाहिर बनेपामा उपलब्ध गराईएको हो । 

कम्पनीको फाइबर पुगेको ३९ वटा जिल्लामा विस्तारै सेवा विस्तार गर्दै लैजाने तयारी गरेको जनाईएको छ । 

फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट सेवाका ग्राहकहरु एक लाख बढी भएको लोहिया बताउछन्। उक्त सेवामा दिनप्रतिदिन ग्राहकहरुको आर्कषण बढ्दै गएको जनाईएको छ । 

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार १८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।