Logo

स्वास्थ्य

उपचारका क्रममा विरामीको मृत्यु भएपछि अस्पतालमा तनाव



विराटनगर – २ मा रहेको बिराट नर्सिङ होममा तनाव उत्पन्न भएको छ । उपचारका क्रममा बिराटचोककी चरीमाया प्रसाईको मृत्यु भएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रसाईको पाठेघरको नशा खुम्चने समस्याको शल्यक्रिया गरिएको थियो ।चरिमायाको डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको टिमले शल्यक्रिया गरेका थिए । यता अस्पताल प्रशासनले भने उपचारमा कुनै पनि लापरवाही नगरेको दावी गरेको छ ।

चरिमायाको केहीदिनअघि अस्पतालमा शल्यक्रिया गरिएको थियो । बिहीबारदेखि अवस्था खराव हुँदै गएपछि उनलाई आईसीयुमा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । अहिले अस्पतालमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।