Logo

प्रमुख समाचार

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरे, परिक्षा अन्योलमा



म्याद सकिन दुई दिन बाकिं रहदा लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन तीन लाखले भरेका छन् । लोकसेवा आयोगका प्रवक्ता एवं सहसचिव किरनराज शर्माका अनुसार म्याद सकिन दुई दिन अघिसम्म २ लाख ९३ हजार २७१ जनाले फारम भरेको हुन् ।

जसमा खुलातर्फ २ लाख ८९ हजार ७८८ जनाले आवेदन लिएका छन । महिलातर्फ ७१ हजार ५५, जनजाति तर्फ ३१ हजार १३६, मधेसीतर्फ १८ हजार २८८ ले फारम भरेका छन् । त्यस्तै दलिततर्फ २ हजार २३९, अपांगतर्फ १११ र पीछडिएको क्षेत्र ८७ जना फारम भरेका छन् । जसबाट ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रवक्ता शर्माले फारम भर्ने क्रम तिब्र गतिमा भइरहेको बताए । देशैभरका बिभिन्न स्थानीय तहहरुको लागि आयोगले जेठ १५ गते ९ हजार १६१ पदमा विज्ञापन खोलेको थियो । केही दिन सर्भरमा समस्या आएपछि यहि असार १० गतेसम्मको लागि म्याद थप गरिएको हो ।

असार १७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर फारम भर्न पाउने व्यवस्था गरेको आयोगले जनाएको छ । २०७५ सालभरी नै समायोजनका कारण विज्ञापन आह्वान हुन सकेको थिएन । लामो समयपछि खोलिएको विज्ञापनमा पनि सांसदको राज्य व्यवस्था तथा सुशासन समिलिे विज्ञापन खारेज गर्न निर्देशन दिएको छ । विज्ञापन आह्वान रोक्न सर्वोच्च अदालतमा समेत मुद्दा परेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ०६:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।