Logo

सूचना/प्रविधि

मर्यादित भइ समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपील



पछिल्लो समय विकसित भएको राजनीतिक घटनाक्रम तथा अहिलेको संवेदनशील घडीमा मर्यादित भइ समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिल नेपालले संचारकर्मी ,संचार माध्यम तथा सरोकारवालासंग अपील गरेको छ ।
 
काउन्सिलले बुधबार एक अपील जारी गर्दैसार्वजनिक शिष्टाचार, सामाजिक सद्भाव, व्यक्तिको आत्मसम्मानको ख्याल गरी सभ्य, शिष्ट, मर्यादित, जिम्मेवार भइ सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपील गरेको हो ।
 
तथ्यभन्दा टाढा रही कसैलाई लाभ वा हानी पुर्याउने नियत राखी, कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी, कसैको आत्मसम्मानमा ठेस पुर्याउने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने किसिमबाट अशिष्ट, अमर्यादित भाषा र कार्यशैलीमा जनमानसमा भ्रम पार्ने, उत्तेजित बनाउने र सामाजिक सद्भावमा खलल पुर्याउने गरी सामग्री सम्प्रेषण गर्नु÷गराउनु पत्रकार आचारसंहिता प्रतिकूल हुने भन्दै काउन्सिलले तथ्यगत पुष्टिसहित मर्यादित, सन्तुलित सामग्री सम्प्रेषण गर्नु जिम्मेवार पत्रकार तथा सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी भएको स्मरण गराएको छ ।
 
काउन्सिलले नेताहरूबाट एकआपसमा लक्षित गर्दै बोलेका नकारात्मक विषयलाई कतिपय सञ्चारमाध्यमले प्राथमिकता दिएको पाइएको भन्दै यसबारे गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
 
134801858_124826466128451_4502089458859048086_n.gif
 
 
 
 
 
 
Aa

प्रकाशित मिति : २२ पुष २०७७, बुधबार १४:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।