जिल्ला प्रशासनको कार्यालयको ठिक अगाडि नगरपालिको कार्यालय त्यहि नगरपालिकाले आफनो स्वामित्वमा रहेको सटर भाडामा संचालन गरिरहेको छ । भाडामा रहेको एउटा सटरमा खुलेआम रुपमा सुर्तिजन्य पदार्थ विक्रि वितरण भैरहेको छ । जिल्ला प्रशासन कार्यालयको ठिक अगाडि जिल्लाको जेठो नरपालिका गुलरिया नगरपालिकाको कार्यालय रहेको छ त्यहि नगरपालिकाले आठ बटा भन्दा वढि सटर निर्माण गरी भाडामा दिएको छ ।
भाडामा गएका सटर मध्ये एउटा सटरमा सुर्तिजन्य पदार्थ गुटखा, मेघा श्री, चुरोट, पान लगायतका सामाग्री विक्रि भैरहेको छ । यसरी सरकारी कार्यालयकै आखा अगाडि र स्थानिय सरकारले सो पसल संचालन गर्न अनुमति दिनु हास्यास्पद विषय बनेको छ ।
विषय कसले उठाउने किन उठाउने , नियम कानुनमा त्यस्तो व्यवसायी संचालकले अनुमति लिनु पर्ने हुन्छ तर अनुमति लिएको देखिएको छैन, त्यस्तै जिल्ला प्रहरी कार्यालयको सामुन्ने पान पसल पनि विगत केहि वर्ष देखि संचालनमा आइरहेको छ ।
सुर्ति जन्य बस्तु नियन्त्रण तथा नियमण ऐन २०६८ आएपछि सार्वजनिक स्थानमा सुर्तिजन्य वस्तु सेवन तथा विक्रि वितरण गर्न नपाइने भएपनि कायान्वयन नहुदा ऐनको धज्जी उडेको हो । ऐनमा सार्वजनिक स्थान शिक्षण सस्था, बालकल्याण गृह, शिसु स्याहार केन्द्र, वृद्धाश्रम, स्वास्थ्य सस्था, सिनेमा हल लगायतका स्थानमा एक सए मिटर वरपर सुर्ति जन्य पदार्थ विक्रि वितरण गर्न गराउन पाइने छैन । साथै सरकारी निकायमा आवद्ध कर्मचारीहरुले कार्यकक्षमा पनि सुर्तिजन्य पदार्थ सेवन गर्न नपाउने नियम छ ।

ऐन भएपनि कार्यान्वयन गराउने निकाय फितलो भएका कारण प्रभावकारी बन्न नसकेको हो । ऐनमा गर्भवती महिला तथा १८ वर्ष उमेर नपुगेकाहरुलाई विक्रिवितरण तथा निशुल्क पनि दिन नपाइने व्यवस्था छ तर यसको प्रचार प्रसार नभएकै कारण कार्यान्वयनमा आउन सकेको छैन ।
साथै सुर्ति जन्य पदार्थ विक्रि वितरण गर्नका लागी नियमावली अनुसार स्वीकृति लिनुपर्ने प्रँवधान रहेको छ । तर बर्दियामा भने विद्यालय, सरकारी कार्यालय सगै जोडिएका भवनमा त्यस्ता सुर्तिजन्य पदार्थ खुले आम रुपमा विक्रि वितरण भैरहेतापनि सम्वन्धित निकाय मौन रहेको छ । बर्दियामा पछिल्लो पटक करिब ३ बर्ष पहिले सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी रहेको बेला अनुगमन भएको थियो त्यसपछि अनुगमन भएको पाइएको छैन ।
त्यस भन्दा पहिले २०७१ सालतिर सहायक प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको पालामा सुर्ति जन्य वस्तु ऐनमा भएको विषयका विषयमा त्यस्ता व्यवसायी गर्नेलाई सचेत गराउने कार्य भएको थियो ।
तर अहिले बर्दियाको मुटु गुलरियामा जिल्ला प्रशासन कार्यालयको अगाडि त्यो पनि नगरपालिकाले संचालनमा ल्याएको सटरमा सुर्तिजन्य वस्तु विक्रि हुदा सम्वन्धित निकाय मौन वस्नु जिल्ला प्रहरी कार्यालयको सामुन्ने पनी यसरी सुर्ति जन्य पदार्थ विक्रि वितरण गर्नु दुर्भाग्य भएको सुर्तिजन्य वस्तु नियन्त्रण अभियानका अभियान्ता विष्णुप्रसाद तिमिल्सिनाले बताए । साथै ऐनमा स्वीकृति लिनु पर्ने प्रावधान भएपनि त्यो नलिएको पाइएको हो ।
यता प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङ्गले अन्य कामको व्यस्तताका कारण यो विषय ओझेलमा परेको बताउनु भयो । ऐन आएपनि कार्यान्वयन हुन नसकेको स्वीकार गर्दै कुरुवाङ्गले आगामि दिनमा प्रभाकारी बनाइने बताए । ऐन बनेको लामो समय भैसकेतापनी प्रभावकारी कार्यान्वयन हुन नसकेका कारण जिल्ला अदालत, सामुदायिक तथा निजि विद्यालय, लगायतका क्षेत्रमा सामान्य मापदन्ड पनि पालना नगरेको पाइएको हो ।




















प्रतिक्रिया