Logo

मनोरञ्जन

नयाँ फ्युजन रैलाको साथमा कपिल र करिस्माको यस्तो धमाका (भिडियो सहित)



पछिल्लो समयमा पुरै मौलिक भन्दा पनि मौलिकतासँगै फ्युजन गरिएका गीत संगीतहरु लोकप्रिय भई रहेका छन् । नेपाली दर्शक श्रोताको यस्तो मनलाई नजिकबाट नियालि रहेका बहु प्रतिभाका धनी कपिल कुँवरले त्यस्तै प्रस्तुति लिएर आएका छन् । फ्युजन फ्लेवरमा आएको उक्त गीतको बोल रैला रहेको छ ।

उक्त गीतमा कपिल कुँवरको शब्द, संगीत तथा स्वर रहेको छ भने अराज केशवले र्याप आवाज दिएका छन् । गीतको रेकर्डिङ बिग परिवेश स्टुडियोमा गरिएको हो ।

जीवन बडु संगीत संयोजन र मिक्सिङ रहेको रैला गीतको भिडियोमा भने करिस्मा ढकाल, कपिल कुँवर र अराज केशव फिचरिङ छन् । आरोन अशोक कुमारले छायाँकन गरेको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् भने सम्पादन र कलर मिलन बिश्वकर्माको रहेको छ ।

सामाजिक मौलिकताको भाका अहिलेको युवा पिंढीको साँगीतिक चाहनालाई समेत मध्यनजर गरेर यो रैला गीत बजारमा ल्याईएकोले यो गीतको भिडियोले चर्चा पाउँने विस्वास आफुमा रहेको कुरा यस गीतका सर्जक कपिलले बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।