Logo

प्रमुख समाचार

शिक्षकको कुटाइवाट मृत्यु भएको आरोपमा अभिभावकद्धारा पाँच जना विरुद्ध मुद्दा दायर



कञ्चनपुरको भीमदत्तनगरपालिका–१७ मझँगाउँ स्थित महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनीको मृत्युका विषय लाई लिएर उनका अभिभावकले पाँच जना विरुद्ध मुद्दा दायर गरेका छन् । विद्यार्थी बीच भएको झगडाका विषय लाई लिएर कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीलाई गत असार १३ गते शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप छ ।

घाइते विद्यार्थीको तीन दिन अघि असार २४ गते राति उपचारका क्रममा भारतमा मृत्यु भए पछि मृतकका अभिभावकले सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष , प्राचार्य सहित पाँच जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उक्त प्रकरणमा मृतकका अभिभावकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरा , प्राचार्य यशोदा जोशी र शिक्षकहरु लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्री विरुद्ध मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार ०९:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।