Logo

प्रमुख समाचार

शिक्षामन्त्रीलाई नेविसंघको ११ प्रश्न, चरणवद्ध आन्दोलन कार्यक्रममा के छन् ?



नीजि शिक्षण संस्थाहरुले चर्को रुपमा विद्यार्थीबाट शुल्क असुलिरहेका कलेजहरुको विरुद्ध सडक संघष घोषणा गरेर आन्दोलनरत नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको कडा आलोचना मात्र गरेको छैन कि शिक्षामन्त्रीमाथि बुँदागत रुपमा प्रश्न गरेको छ ।
साउन ३ गते राजधानीमा पत्रकार सम्मेलन गरेर सडक संघर्ष घोषणा गरेको नेविसंघले भोलि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदैछ । पत्रकार सम्मेनमार्फत उसले १० बुँदा मागपत्र पनि सार्वजनिक गरिसकेको छ ।

संघर्षबीच नेविसंघले लिखित रुपमै मन्त्री पोखरेलसँग नीजि शिक्षामा व्याप्त रहेका विषयहरुमाथि केन्द्रित १० वटा प्रश्न उठाएको छ । कक्षा ११–१२ संचालन गरिरहेका निजी कलेजहरुले गरिरहेको छात्रवृत्तिमा विभेद, होस्टेल सेक्युरिटी शुल्क, पोशाक, अतरिक्ति शिर्षकलाई समेत आन्दोलनको निशानामा राखेर सडकमा उत्रिएको नेविसंघले किटानीसाथ लिखित रुपमा प्रश्न उठाउँदै संघर्षमा साथ दिन विद्यार्थी, अभिभावक तथा सरोकार सबै पक्षसँग अपिल समेत गरेको छ ।

उसले शिक्षामन्त्रीसमक्ष काठमाडौं उपत्यका संचालनमा भई चरम रुपमा शुल्क असुलिरहेका २० भन्दा बढी नीजि कलेजहरुको नामावली समेत सार्वजनिक गरिसेकेको छ । साथै शिक्षा मन्त्रालयसँग ‘शिक्षण संस्थामा लुट कहिलेसम्म ? लगायत १० बुँदामा गम्भीर प्रश्न गर्दै शुल्क निर्धारण मापदण्ड, छात्रवृत्ति छनौटको विधि–प्रक्रिया तथा यसको वितरणको तथ्यांक सार्वजनिक गर्न माग गररिएको छ ।

यस्ता छन् शिक्षामन्त्रीलाई सोधिएका ११ प्रश्न 

– कक्षा ११ र १२ मा लिइने मनोमानी शुल्क निर्धारणको मापदण्ड के हो ?
-कलेजको सिट संख्या र मापदण्ड के हो ?
– CTEVT बाट संचालित नर्सिङदेखि प्राविधिक विषयहरुको शुल्क कलेजैपिच्छे फरकफरक हुनु मनलाग्दी किन ?
– वर्षैपिच्छे शुल्क वृद्धिको मापदण्ड के हो ?
– सरकारी र निजीको बीचको यति ठूलो अन्तर किन र कसरी ?
– एमबीबीएस अध्ययनको लागि सरकारले निर्धारण गरेको शुल्क कति हो ?
– MBBS कलेजहरुले शुल्क कति लिन्छन् र यसको निर्धारणको मापदण्ड के हो ?
– कलेजहरुमा पढाई हुने सिट संख्या र शुल्ध निर्धारण कायम गर्ने र एकरुपमा बनाउने प्रक्रिया के हो ?
– सबै तहमा विद्यार्थीहरुले पाउने छात्रवृत्ति छनौट विधि र प्रक्रिया के हो ?
– सबै कलेजहरुमा तोकेअनुसार छात्रवृत्ति पाएनपाएको तथ्यांक के हो ?
– शिक्षण संस्थामा लुट कहिलेसम्म ?

चरणवद्ध आन्दोलका कार्यक्रम

– साउन ६ मा शिक्षामन्त्री गिरीराजमणि पोखलरेललाई ज्ञापनपत्र बुझाउने ।
– साउन ८ मा शैक्षिक शुल्क वृद्धिको विरोधमा अन्तरक्रिया तथा छलफल कार्यक्रम ।
– साउन १० मा चरम शुल्कविरुद्ध सडक संघर्ष ।

आन्दोलन नेविसंघको ११औं महाधिवेशन सम्पन्न गरेका पक्षधरहरुको नेतृत्वमा चलाइएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आईतवार ०७:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।