Logo

प्रमुख समाचार

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी



डोटीमा अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको जोरायल गाउँपालिकका वडा नम्रब ४ को कार्यालयमा गयराती अन्दाजी १२ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लाल बहादुर धामीले अज्ञात समूहको आगजनीबाट झण्डै पाँच लाखको क्षती भएको बताए । आगजनीबाट वडा अध्यक्षको कार्यकक्षमा रहेको कागजात, फर्निचर र छानो समेत जलेको प्रहरी नायब उपरिक्षक धामीले जानकारी दिए ।

वडा कार्यालय नजिकै दलालहरु होसियार, भ्रष्टचारी खबरदार, साङ्लो फिलिम चाहिंदैन, भ्रष्टाचार गर्न पाईंदैन, जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझा मुर्दावाद लगायतका नारा लेखिएको पर्चा समेत भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलवार ०५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।