धनगढी उप–महानगरपालीका वडा नम्बर ४ बाट लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा उक्त स्थानबाट २२ बर्षीय रवि कुवरलाई पक्राउ गरिएको हो ।
उनीसंग ७ सय ४० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए । कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।
















प्रतिक्रिया