Logo

मनोरञ्जन

नायिका दीयाले पतिलाई छाडिन्, गरिन् डिभोर्स



बलिउड अभिनेत्री दीया मिर्जाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएकी छिन् । दीया र उनका पति साहिल संघाले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि ११ वर्षे वैवाहिक जीवनमा विराम लागेको हो । दीयाले आफ्नो सामाजिक संजाल एकाउन्टबाट यसको जानकारी दिएकी हुन । पोस्टमा उनले साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन् ।

दीयाले इन्स्टाग्राममा ११ वर्षसम्म एकअर्कासँग जीवन बिताएको उल्लेख गर्दै सहमतिमा छुट्टिने निर्णय गरेको र सँधै साथी बनेर रहने तथा एकअर्कालाई उत्तिकै सम्मान र इज्ज दिने बताएकी छन् । ‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं’, दीयाले पोस्टमा लेखेकी छन् ।

उनले पोस्टमा साथीभाइ, परिवार र संचार माध्यमलाईसमेत साथ र सहयोगका लागि धन्यवाद दिएकी छन्। त्यस्तै उनले अब यस विषयमा कुरा गर्न नचाहेको बताएकी छन् ।दीया सन् २०१४ मा साहिल संघासँग विवाहवन्धनमा बाँधिएकी थिइन् । दीया अभिनेत्रीका अलावा मोडल तथा निर्मातसमेत हुन् ।

गृहमन्त्री, सिडियो र एसपीको नाममा रकम असुलेर ठग्ने एनजिओका मालिक पक्राउ

लेनदेनको विवाद मिलाउन गृहमन्त्री, सिडियो र एसपीको नाममा १० लाख रकम असुलेर फरार भएका सन्देश फाउण्डेसन नामको पुनर्स्थापना केन्द्र चलाउने गौरवबाबु ढकाल पक्राउ परेका छन् ।

ढकाललाई काठमाडौंबाट विहीवार पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन् । उनलाई ठगी आरोपमा अनुसन्धान थालिएको एसपी मल्लले बताए ।

ढकालले मन्जुश्री सप्लायर्ससँग गृहमन्त्री, प्रजिअ र एसपीलाई भनेर लेनदेन विवाद मिलाउने भनेर १० लाख रुपियाँ असुलेका थिए ।ढकालले गृहमन्त्री र एसपीको नाममा लिएको १० लाखको चेक साटेको पुष्टि भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । तर, केस मिलाउन नसकेपछि उनी फरार भएका थिए ।

प्रहरीका अनुसार ढकालले गृहमन्त्री रामबहादुर थापाको सचिवालयमा काम गर्ने दावी गर्दै असुली धन्दा गर्दै आएका थिए । उनले सिडिओ र एसपीको नाम बेचेर ठगी गरिरहेको सूचनाका आधारमा पक्राउ गरिएको एसपी मल्लले बताए ।

ढकालले आफ्नै कार्यालयमा विभिन्न व्यक्तिहरुलाई भेला गराई चेक बाउन्स र लेनदेनको मुद्धा, अवैध ढुकुटी र मिटरव्याजको काम गर्दै आएको प्रहरीको दावी छ ।प्रहरीका अनुसार गृहमन्त्रीदेखी प्रहरीका उच्च अधिकारीसँग बसेको तस्बिर देखाएर ठगी धन्दा गर्ने यस्ता दलालहरु धेरै रहेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १५:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।