Logo

समाचार

भिरमा अड्किएको अवस्थामा शव फेला



बैतडीमा भिरमा अड्किएको अवस्थामा एक जनाको शव फेला परेको छ । बैतडीको पाटन नगरपालिका वडा नं ६ भिटाचौपाता भन्ने भिरमा एक पुरुषको शव फेला परेको हो ।

अन्दाजी ४० बर्षीय पाटन नगरपालिका वडा नं ४ का ४५ वर्षीय तेज बहादुर ऐरको शव भिरमा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आज बिहान घाँस काट्न गएका महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार ०९:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।