Logo

अन्तर्राष्ट्रिय

प्रियंका चोपडालाई लाग्यो यस्तो गम्भीर आरोप



भारत(पाकिस्तान तनाव चर्किँदै गर्दा भारतीय अभिनेत्री प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गर्दै एउटा ट्वीट लेखेपछि उनीविरुद्ध युद्ध उक्साउन खोजेको आरोप लागेको छ । लस एन्जलसमा चोपडा सहभागी एक सौन्दर्य सम्मेलनमा सहभागी एक पाकिस्तानी(अमेरिकी महिलाले उनलाई आडम्बरीको सङ्ज्ञा दिएकी छन् ।

गत फेब्रुअरीमा प्रियंका चोपडाले ट्विटरमा लेखेकी थिइन् जय हिन्द त्यतिबेला परमाणुअस्त्र भएका ती दुई छिमेकी देशबीचको सम्बन्ध तनावपूर्ण थियो। गत सप्ताहान्तमा चोपडा ब्यूटिकन नामक संस्थाले आयोजना गरेको कार्यक्रमको मञ्चमा थिइन् । त्यतिबेला दर्शकदीर्घामा बसेकी पाकिस्तानी(अमेरिकी महिला आयेशा मलिकले उनलाई प्रश्न गरिन् ।

तपाईँले मानवताको बारेमा कुरा गरेको सुन्न अलि कठिन भयो किनभने तपाईँको छिमेकी पाकिस्तानीको रूपमा मलाई थाहा छ तपाईँ अलि आडम्बरी हुनुहुन्छ,आयेशा मलिकले भनिन् ।

उनले पछि एउटा भिडिओ ट्विटरमा पनि राखिन् । उनले चोपडाले फेब्रुअरीमा लेखेको ट्वीटको प्रसङ्ग कोट्याउँदै भनिन्, तपाईँ राष्ट्रसङ्घीय बालकोष युनिसेफको शान्तिदूत पनि हुनुहुन्छ र पनि तपाईँ पाकिस्तानविरुद्ध परमाणुयुद्धलाई उक्साइरहनु भएको छ । यसमा कसैको जित हुँदैन ।

मलिकले अझै बोलिरहने देखिएपछि उनको माइक खोसिएको थियो । त्यसपछि सन् २०१६ देखि युनिसेफको सद्भावनादूत रहेकी चोपडाले मलिकलाई जबाफ दिइन् । उनले पाकिस्तानमा आफ्ना धेरै मित्रहरू रहेको बताउँदै आफू युद्धको पक्षमा नभएको बरु देशभक्त चाहिँ भएको बताइन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार ०७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।