Logo

मनोरञ्जन

कलाकार सुभद्रा अधिकारीको निधन



कलाकार सुभद्रा अधिकारीको शनिवार बिहान निधन भएको छ । नेपाली फिल्मकी बरिष्ठ चरित्र अभिनेत्री अधिकारीको निवासमा नै ७३ बर्षको उमेरमा निधन भएको बताइएको छ ।

अधिकारीको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा हुने बताइएको छ । केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो।

उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधिकारी नेपाली दर्शकमाझ चर्चित थिइन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार ०६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।