Logo

लुम्बिनी प्रदेश

विप्लव नेतृत्वको विद्यार्थी संगठनको शैक्षिक हड्ताल, पठन–पाठन ठप्प



विप्लव नेतृत्वको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले आइतबारदेखि गरेको शैक्षिक हडतालका कारण गुल्मीका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द भएका छन् ।

विद्यालय बन्द भएपछि आइतबार बिहानैदेखि पढ्नका लागि विद्यालय पुगेका विद्यार्थीहरु विद्यालय परिसरबाट फर्किन बाध्य भएका छन् । विप्लव नेतृत्वको विद्यार्थी संगठनका जिल्ला सचिव विष्णु विक र जिल्ला सदस्य राज खड्का गएको बिहीबार जिल्ला प्रशासन कार्यालय गुल्मीबाट रिहा भएलगत्तै प्रहरीले पुनः पक्राउ गरी अर्खाखाँची लगिएकाले उनीहरुको रिहाइको माग गर्दै संगठनले गुल्मीमा अनिश्चितकालीन शैक्षिक हड्ताल गरेका हुन् ।

जिल्लाका शैक्षिक संस्थाहरु बन्द गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा कुनै जानकारी नभएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पैडेलले बताए । उनले केही असहज परिस्थिति भएको खण्डमा आफूहरु सुरक्षा र सहजीकरणका लागि तयार रहेको बताए ।

गएको महिना कम्युनिष्ट विद्यार्थी अभियान–२ उद्घाटन गर्ने सिलसिलामा तम्घासको एक विद्यालयबाट प्रहरीले जिल्ला सचिव विक र जिल्ला सदस्य खड्कालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार ०६:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।