Logo

मनोरञ्जन

चलचित्र ‘मखमली मखमली’को गीत सार्वजनिक



मंसिर १३ गतेबाट देशभर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ‘मखमली मखमली’ को “फुल झैं फुलेको मेरो जिन्दगी“ गित सार्बजनिक गरिएको छ ।

गीतकार सावित्रा चिलवालको शब्द तथा संगीत रहेको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् ।

फिल्ममा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ ।

बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, विनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको फिल्म राजु गिरीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार १२:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।