Logo

समाचार

आगलागी हुँदा अछाममा नगद ४ लाख २५ हजार जल्यो



अछाम जिल्लामा दीपावली गर्न बालेको मैनबत्तीबाट घरमा आगलागी भएको छ । चौरपाटी गाउँपालिका वडा नम्बर ५ गड्सीलस्थित गगन खड्काको घरमा आगलागी भएको गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउंदले बताएका छन् ।

सोमबार राति दीपावली गर्न प्लाष्टिकको अटेजीमा मैनबत्ती बाल्दा मैनबत्तीबाट आगो सल्केर ४ लाख २५ हजार बराबर नगद रुपियाँ र एक तोला सुन जलेर नष्ट भएको छ ।

साउँदले भने, ‘४ लाख २५ हजार रुपियाँ थियो सबै जलेको छ, तीमध्ये आधा जलेको पैँसा काम नलाग्ने एक लाख ३५ हजार रुपियाँ र एक तोला सुन फेला परेको छ ।’

आगलागीबाट अन्य दुई वटा बाकस, लत्ता कपडा, दुई तोला सुन, कागजपत्र लगायतका सामान जलेर नष्ट भएको साउँदले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलवार ०५:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।