Logo

मनोरञ्जन

बुनुको ‘साथ हुँदैन’ सार्वजनिक



गायिका बुनु श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । बुनुको आवाजमा ‘साथ हुँदैन’ बोलको मार्मिक गीत समावेश छ ।

युट्युबमा सार्वजनिक भएको गीतले ‘पैसा नै सबै थोक होइन भन्ने भाव बोकेको छ । पैसा नै सबथोक होइन र पैसाले सबथोक किन्न सकिदैन भन्ने कथा गीतको भावबाट थाहा पाउन सकिन्छ ।

गीतको भिडियोमा बर्षा राउत, गजित बिष्ट लगायत कलाकार छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । सुबोल थापा सह(निर्देशक रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।

नरेश कुमार प्रधानको शब्द र सजल न्यौपानेको संगीत रहेको छ । गीतमा संगीत संयोजन भने बिएन निराकारले गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आईतवार ०६:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।