Logo

प्रमुख समाचार

म्यूजिक खबरकाे म्यूजिक अवार्ड वितरण गरिँदै



आठ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८औं संस्करण शुक्रबार राजधानीमा हुँदैछ ।
‘सांस्कृतिक पर्यटन– कलासंस्कृतिको प्रवद्र्धन’ भन्ने मूल नारा आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन अवार्डले विशेष भूमिका खेल्ने दाबी आयोजकको छ ।

शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्ड यसअघिसम्म म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट व्यवस्थापन लगायत सम्पूर्ण जिम्मा शुभकामना मिडिया सोलुशनबाट गरिनेछ । ४० विधामा अवार्ड वितरण गरिँदैछ ।

अवार्डका लागि राष्ट्रिय भावको गीत, चलचित्र, आधुनिक, लोकदोहोरी, लोकगीत, पप, गजल, साँस्कृतिक गीतहरु समावेश गरिँदै आएको छ । गायक, गायिका, रचनाकार, संगीतकार, एरेन्जर, ध्वनि सम्पादक, भिडियो निर्देशक, छायाँकार, सम्पादक, उत्कृष्ट गीतलाई पनि समेटिएका छन् । अवार्ड प्राप्त गर्नेहरुकाे नाम टुंगाे लागिसकेकाे कुरा एक प्रेस विज्ञप्ति जारी गरेर आयाेजकले जनाएकाे छ ।

दीर्घ साधना, दशकको स्रष्टा, डायस्पोरा संगीत सम्मान, युवा प्रतिभा संगीत, बाल प्रतिभा प्रोत्साहन, संगीत पत्रकारिता, मोफसल पत्रकारितालगायत विधामा अवार्ड तय आयोजक पक्षले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार ११:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।