नेपालको स्वास्थ र ल्याब क्षेत्रमा योगदान गर्ने उद्देश्यले नेपाल मेडिकल ल्याब प्रदर्शनी हुने भएको छ ।
मंसिर २७ देखी भृकुटिमण्डपमा प्रदर्शनीमा अन्तराष्ट्रिय एनेसथेजिया, बायो–मेडिकल, इ.एन.टी., अर्थोपेडिक्स, सर्जिकल, मेडिकल, आई.सी.यू., अस्पतालफर्निचर,मेडिकल टेक्सटाइल, कन्ज्युमेबल्स, रिह्याबिलिटेशन, मेडिकल ग्यास, एक्स-रे, ल्याबइक्युपमेन्ट्, एनालाइटिकल इक्युपमेन्ट्, एजुकेशन र अन्य सेवाप्रदायकहरुको स्टल रहने छ ।
नेपालको स्वास्थ्य क्षेत्र तथा ल्याब प्रवधिलाई द्रुत गति दिन एक्सपोले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यस्तै नेपालका कम्पनीहरुलाई नयाँ प्रविधि भित्र्याउन र नेपालमै उत्पादन गर्न सक्ने मौका मिल्ने छ ।
सहभागिहरुले स्वास्थ्य क्षेत्रका नयाँप्रविधि हेर्न पाउनेछन् ।
२२ मंसिर २०७६, आईतवार १०:४२



















प्रतिक्रिया