सन् २०१६ मा ग्रीष्मकालीन ओलम्पिक खेल ब्राजिलको रियो दि जेनेरियोमा हुँदा अफ्रिकाका केहि खेलाडी विरामी परे । पहिलो पटक भाग लिएको दक्षिण सुडानका खेलाडी बिरामी परेपछि आयोजकले माफी माग्यो । अनुशन्धानका क्रममा पत्ता लाग्यो,‘एथेलेटिक्सका केहि सुडानी खेलाडी उनिहरुकै देशवाट आउँदै विरामी थिए ।’ आयोजकले सहभागी खेलाडीको स्वास्थ्य परिक्षणमा गरेको लापरवाहीले आयोजक राष्ट्र दक्षिण अमेरिकी देश ब्राजिल र ओलम्पिक कमिटीले आत्मआलोचना गरेको थियो ।
नेपालमा अहिले मंसिर ११ देखि २४ गतेसम्म दक्षिण एशियाली खेलकुद (साग)को १३औं संस्करण खेल भइरहेको छ । दक्षिण एशियाको सुन्दर हिमाली देश हो नेपाल । हाम्रो देशको केहि भुभाग समथर भएपनि यो क्षेत्रका देशहरुमा नेपाल हिमालको देश भनेर चिनिन्छ । जहाँ कुनै रोगब्याधी लाग्दैन । घुमफिर गर्न ढुक्क हुन्छ भनेर चर्चा गरिन्छ । काठमाडौं उपत्यकाको मौसम पनि न गर्मी न उत्पात जाडो छ । यसैले यहाँको वातावरण बाहिरवाट नियाल्दा उत्कृष्ट मानिन्छ । मानिसको जनघनत्व र बेढंगको वसाईले अहिले उपत्यका मानव प्रदुषणको चपेटामा परेको छ ।
अहिले काठमाडौंमा साग खेल चलिरहँदा १३ जना श्रीलंकन खेलाडीलाई डेंगु भएको पुष्टि भएको छ । उनिहरु सिथिल छन् । एक जनाको अबस्था गंभिर छ । अब यसको छानविन गंंभिर रुपमा हुन जरुरी छ । के उनिहरु पहिल्यै विरामी थिए वा यहि आएर विरामी परे ? दुवै कारण मध्ये जुन कारण देखिएपनि नेपाल दोष मुक्त हुन सक्दैन । किनकि नेपाल खेल आयोजक राष्ट्र हो । श्रीलंकन खेलाडी उनिहरुकै देशबाट आउँदा विरामी थिए भने किन स्वास्थ्य परिक्षण गरिएन ? यहाँ आएर विरामी परे भने किन काठमाडौंको प्रदुषणलाई ध्यानमा राखेर उनिहरुलाई सचेत बनाइएन ? उनिहरुको आवास वा अन्य दिनचर्यामा आयोजकले किन निगरानी राख्न सकेन ? यी सवालहरुको जवाफ नेपालले दिनैपर्छ । यदि यसलाई बेवास्ता गरियो भने यो गैरजिम्मेवारको पराकाष्ठा भन्ने बुझनुपर्छ । यो नेपाल माथि उठ्ने गंभिर प्रश्न हो ।
हरेक देशका नागरिक अर्को देशमा जाँदा रहनसहन बुझ्न घुमफिर गर्न चाहना हुन्छ । काठमाडौं उपत्यका आएको पर्यटक होटल भित्र मात्र बस्दैन । बाहिर घुम्न पक्कै निस्कन्छ । उपत्यकाको कुनैपनि यस्तो ठाउँ छैन, जहाँ धुलो र फोहोर नहोस । त्यो घुम्न निस्केको पर्यटकले के सोच्छ होला भन्ने हामीले थोरै पनि मनन गर्न सकेका छैनौं ।
दक्षिण एशियाली खेलकुद (साग)मा आएका खेलाडीलाई डेंगु हुनु भनेको काठमाडौं उपत्यका कति रोगी भइसक्यो भन्ने प्रमाणित गर्छ । डेंगु भएपछि थोरै पनि लापरवाहीले उनिहरुको जिवन वर्वाद हुन्छ । यो नेपाल सरकारको पुर्ण संवेदनहीनता हो । भ्रमण वर्ष २०२० नजिक आउँदैछ । बागमतीमा फोहोर छ । जताततै फोहोरले वसी सक्नु छैन । सवै घरहरु अगाडी फोहोर छ । सडक धुलोमय छन् । अब काठमाडौंमा लामखुट्टे, किरा, फोहोर भाइरस मात्र वस्ने स्थान वनेको छ । हामी त जंगली थियौं, जंगली हौं, यो पचिसकेका छौं । किनकी हामी नालीका किरा जसरी हुर्कन सिपालू भइसकेका छौं । हिजो प्रत्यक्ष बन्दुक पड्काएर मान्छे मार्यौं । तर, के अव नेपाल आउने पर्यटकलाई रोगी वनाउने अप्रत्यक्ष अपराध त गर्दे छैनौं ?
खेलकुद र पर्यटक समदुरीमा जोडिएका शब्द हुन् । खेलकुदको विकासले पर्यटक आगमनलाई बढोत्तरी दिन्छ । सन २००२ मा जापान र दक्षिण कोरियाले विश्वकप फुटवल आयोजना गरेर अर्थतन्त्रलाई उकास्न सफल भएका थिए । उनिहरुको देशमा खेल सकिएपछिका दिनहरुमा १५ प्रतिशतले पर्यटक आगमन बढेको प्रतिवेदन सार्वजनिक भएको थियो । हरेक अन्तराष्ट्रिय खेल आयोजना गर्न विश्वका हरेक देशहरु बिच निकै हानथाप चल्छ । सन् २०१८ मा रसियाले विश्वकप फुटवल आयोजना गर्न निकै पापड पेल्नु पर्यो । अमेरिका लगायतका देशहरुले रसियासंगको रिसइवी साँध्न खेलको मिति नजिकिंदै जाँदा अबरोध पार्ने प्रयास गरिरहेका थिए । अर्बौंं डलर खर्च गरेर बनाइएका रंगशालाहरु खेर जाने हुन् कि भन्ने रसियालाई चिन्ता थियो । तर, रसियाले सानदार ढंगले पहिलो पटक सन् २०१८ मा विश्वकप फुटबल प्रतियोगिता गरेरै छाड्यो । यो सफलताले रसियाको अर्थतन्त्रलाई निकै मजवुत बनाउन सहयोग पुगेको छ ।
हामीले दक्षिण एशियाको भुभागमा रहेका देशहरुको संगठन (साग) खेलकुद आयोजना गर्न पाउनु अवसर र चुनौती दुवै हो । यसलाई हामीले भरपुर सदुपयोग गर्न विदेशी खेलाडीहरुको मन र विश्वास जित्नुपर्छ । खेल जितेर मात्र नेपाललाई पुग्दैन, हामीप्रतिको अटल विश्वासले नेपालको छवि उच्च हुनेछ । खेलको माध्यममार्फत पर्यटन विकासको संभावनालाई हामीले अब सोच्ने कि नसोच्ने ? यो विषयमा गंभिर बन्न आबस्यक छ ।
खेलकुद र पर्यटक एकअर्काका परिपूरक हुन् । यसको विकासका विविध पाटाहरु छन् । त्यो देशको राजधानीको चित्रले पर्यटन र खेलकुदको चित्रण गर्छ । अहिले काठमाडौं उपत्यका पर्यटक र खेल क्षेत्रका लागि पुर्ण प्रतिकुल छ । हामीले धेरै पटक राजधानीका खराब पक्षमा कलम चलाइसकेका छौं ।
र यो पनि पढ्नुस, कसरी बिग्रियो काठमाडौं ?
नेपाल अहिले भ्रमण वर्ष २०२० को संघारमा छ । नेपालले सबैभन्दा पहिलो भ्रमण वर्ष सन १९९८ मा मनाएको थियो । त्यो बेला उत्साहजनक रुपमा पर्यटक आएका थिए । त्यसपछि राजनीति खिचातानी र तत्कालिन माओवादी युद्धले पर्यटन क्षेत्र थला परेको सर्वविदितै छ । नेपालको राजनीति अस्थिरताले केहि बिश्राम लिएपछि हुन लागेको यो भ्रमण वर्ष कति सफल होला नहोला अहिले भन्न त नसकिएला । तर केहि संकेतहरु स्पष्ट भन्न सकिन्छ । काठमाडौं उपत्यका ओर्लिएको पर्यटकले पुन: यहाँ पाइला टेक्ने अjस्था छैन । अहिले हिउँद लागिसक्यो । उपत्यकामा बग्ने नदि र खोला सुक्न थाले । यी अहिले डम्पिङ साइट वनिरहेका छन् । नदि किनारवाट ढुंगढुंग्ती गन्ध आइरहेको छ । सडकको धुलोले पैदल हिंड्ने अबस्था छैन । भद्रगोल बजार र अभद्र पैदलयात्रुले पर्यटकलाई कस्तो सन्देश दिन्छन्, सोझो अनुमान गर्न सकिन्छ ।
हरेक देशका नागरिक अर्को देशमा जाँदा रहनसहन बुझ्न घुमफिर गर्न चाहना हुन्छ । काठमाडौं उपत्यका आएको पर्यटक होटल भित्र मात्र बस्दैन । बाहिर घुम्न पक्कै निस्कन्छ । उपत्यकाको कुनैपनि यस्तो ठाउँ छैन, जहाँ धुलो र फोहोर नहोस । त्यो घुम्न निस्केको पर्यटकले के सोच्छ होला भन्ने हामीले थोरै पनि मनन गर्न सकेका छैनौं ।
गर्मी मौसममा धेरै जिल्ला डेंगुले प्रभावित भए । डेंगु रोग सार्ने लामखुट्टे सफा पानीमा बस्ने हो , फोहोर भएर होइन भन्ने जवाफ दिएर प्रशासक र शासकहरु तर्किरहेका छन् । यो जस्तो घटिया उत्तर के हुन सक्छ ? हो मेडिकल साइन्सले डेंगु रोग सार्ने लामखुट्टे सफा पानीमा बस्छ भन्छ । तर, के अब हामी यहि फोहोर वातावरणलाई नै निरन्तरता दिएर नालीका किरा सरह जिवनयापन गर्ने त ? यहि जंगली र फोहोरी चरित्र देखाइरहने त ? डेंगु सार्ने लामखुट्टे सफा पानीमा बसेपनि यसको जिवनचक्र फोहोर र पानीजन्य वातावरणमा हुने चिकित्सकहरुले बताएका छन् । यी लामखुट्टे नदि किनार, खोला, धारा, पानी राख्ने ड्रममा रहने हुन्छन् । त्यसैले, लामखुट्टे नियन्त्रण गर्न, फोहोर ठाउँलाई सफा राख्न र सुन्दर शहर बनाउन सक्यो भने डेंगु मात्र होइन, धेरै प्रकार रोगबाट बँच्न सकिन्छ भन्ने सामान्य नागरिकले बुझेको कुरा हो । तर, शासकले बुझेनन् । यहि दुखदायी बिषय हो ।
खेलकुदको विकासले पर्यटक क्षेत्रको प्रवद्र्धन हुने कुरामा दुई मत छैन । सबै प्रकारका खेलहरु स्वास्थ्य र पर्यटनसँग जोडिएका हुन्छन् । आसन्न भ्रमण वर्ष सफल बनाउने हो भने सबैभन्दा पहिला उपत्यका सफा बनाउनुपर्छ । सरकारले सबैशक्ति केहिदिन उपत्यकामा खर्च गरेर यसलाई व्यवस्थित गर्न सक्यो भने नेपाल आएका पर्यटक स्वंय हाम्रा प्रचारक बन्नेछन् । त्यतिवेला भन्नेछन्, ‘आहा नेपाल, वो काठमाण्डु ।’





















प्रतिक्रिया