Logo

प्रमुख समाचार

बहुविवाहको मुद्दा लागेका छवि ओझा साधारण तारेखमा छुटे



बहुविवाहको आरोपमा मुद्दा लागेका चलचित्र निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले मंगलबार साधारण तारेखमा छाडेको हो । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि छवी जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए ।

सम्बन्ध बिच्छेद नै नगरी छविले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै जेठी श्रीमती हेमाले दुवै जनाविरुद्ध गएको साउन ६ गते प्रहरीमा बहुविवाहको उजुरी दिएकी थिइन ।

शिल्पा पनि यसअघि अदालतले साधारण तारेखमा छाडेको थियो । छबिले शिल्पासँग २०७३ सालमा तेस्रो बिवाह गरेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार १०:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।