Logo

समाचार

अब नेपाल टेलिकमको वेबसाइटबाटै फोन नम्बर थाहा पाउन सकिने



अबदेखी नेपाल टेलिकमको वेबसाइटबाटै व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ ।

थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरु पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेको थियो ।

अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको तेलिकमद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

टेलिकमले आफ्नोे वेब पेजमार्फत पीएसटीएन टेलिफोन सोधपुछ प्रणाली (PSTN Enquiry System) सञ्चालनमा ल्याइएको हो ।

यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्ने छ ।

त्यसपछि त्यहाँ दिइएको Telephone Enquiry मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ ।

व्यक्तिगत ग्राहक (Individual Customer) को हकमा व्यक्तिको नाम ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ ।

त्यसैगरी संस्थागत ग्राहक (Corporate Customer) को हकमा कम्पनीको नाम, ठेगाना र जिल्ला अनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिने जनाइएको छ ।

विगतको वेब इन्क्वायरी सिष्टमलाई परिमार्जन गरी नयाँ वेब सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७६, आईतवार ०९:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।