Logo

मनोरञ्जन

‘आइसी डिजाइनर रनवे’ फेसन शो को तयारी (फोटोफिचर)



आगामी चैत्र ८ गते फेसन सो ‘आइसी डिजाइनर रनवे’ आयोजना हुँने भएको छ ।

होटल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोका लागि मोडल छान्ने उदेश्यले ‘आइससी डिजाइनर रनवे अडिसन’ हुने छ ।

पुस १२ गते शनिबार दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा आयोजना हुने अडिसनका लागि आवेदन समेत खुल्ला गरिएको छ ।

जसमा ५ फिट ६ इन्च उचाही भएका १८ बर्षदेखि २६ बर्षसम्मका महिला मोडलले आवेदन भर्न सक्नेछन् ।

आवेदन फारम नेक्स्ट मोडल्सको कार्यालय कालीमाटी, आइसी डिजाइनर बागबजार र चन्डोलबाट उपलब्ध हुनेछन् ।

 

अडिसनबाट उत्कृष्ट २३ मोडलको छनौट गरिनेछ । अडिसनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागीता जनाउन पाउने शोको मानेजमेन्टको जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ११:३९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।