चलचित्र विकाश बोर्डका कार्यकारी अध्यक्ष स्वं केशब भट्टराईको १३ औ दिनको पुण्यतिथिमा सुनसरीको इटहरी संगीत चोक स्थित श्रद्धाञ्जली शोक सभा गरिएको छ ।
स्वर्गिय भट्टराई र नेपाली फिल्म क्षेत्र कलाकार दीपक क्षेत्री तथा आनन्द थापा सहित तिनै जनाको सम्झनामा श्रद्दान्जली शोक सभा गरिएको हो ।
सभामा ईटहरी तथा पुर्वमा रहेर नेपाली चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका कलाकारहरु, गित संगीत क्षेत्रका कलाकर्मीहरु सहभागी भएका थिए ।
स्वर्गीय तिनै जना कलाकारहरुप्रति चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अपर्ण गरीएको थियो ।





















प्रतिक्रिया