Logo

मनोरञ्जन

‘मिसेस् युनिभर्स’मा नेपाली अनिलाले जितिन दुई उपाधि



चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् ।

उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।

सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो ।

प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो ।

उनलाई ईप्लानेट प्रा.लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो । प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो ।

एक दशक भन्दा लामो समय प्याजेन्ट क्षेत्रमा बिताइसकेकी अनिलाले थुप्रै सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफरका रुपमा काम गरिसकेकी छिन् ।

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १३:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।