Logo

प्रमुख समाचार

घुस रकमसहित सामुदायिक वन उपभोक्ता समितिकाअध्यक्ष र कोषाध्यक्ष पक्राउ



कैलालीमा एक लाख ६० हजार घुस रकमसहित सामुदायिकवनउपभोक्ता समितिकाअध्यक्ष र कोषाध्यक्षपक्राउ परेका छन ।
धनगढी उप–महानगरपालिका वडा नम्वर १२ मा रहेको सिद्धनाथ सामुदायिकवनउपभोक्ता समितिकाअध्यक्षकुवेर थापा र कोषाध्यक्षमोहनबहादुर सिंहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धानआयोगकाप्रवक्ताप्रदीपकुमार कोइरालाकाअनुसार सिद्धनाथ सामुदायिकवनउपभोक्ता समितिकाअध्यक्षथापाले सामुदायिकवनअन्तर्गत पर्ने कानिखोलापुल नजिकबाट सेवाग्राही सँग माटो झिकेको बिषयमा जेसिभी र ट्याक्टरलाई नियन्त्रण लिएकाथिए ।

सरकारी नियमबिपरीत आफूखुशी जेसिभी र ट्याक्टर छोड्नकालागि सेवाग्राहीबाट घुस मागगरिरहेको भन्ने उजुरीकाआधारमाअख्तियारको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार १०:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।