Logo

मनोरञ्जन

हलिउड फिल्म ‘जेन्डर केज–४’ मा दीपिका



दीपिका पादुकोणले बलिउडमा शाहरुख खानको फिल्म ‘ओम शान्ती ओम’ बाट डेब्यु गरेकी थिइन् । त्यसपछि दीपिकाले बलिउडकी टप अभिनेत्रीको सस्चिमा सामेल गराउँदै हलिउडमा पनि धमाकेदार डेब्यु गरेकी थिइन् ।

उनले २०१७ मा ‘रिर्टन अफ जेन्डर केज’ मा सेरेनाको भूमिका निर्वाह गरेकी थिइन् । उनले हलिउड सुपरस्टार विन डिजलसँग डेब्यु गरेकी हुन् ।

अहिले यही सिरिजको नयाँ फिल्मामा दीपिकालाई अनुबन्धित गर्न लागिएको खबर आएको छ ।  विन डिजलले यो सिरिजको एकभन्दा धैरै फिल्ममा काम गरिसकेका छन् । उनी फिल्मका सबै अभिनेत्रीसँग परिवारजस्तै व्यवहार गर्नेमा माहिर मानिन्छन् । अहिले उनले इन्स्टाग्राममा एक तस्विर सेयर गरेका छन् ।

दीपिकासँगको उक्त तस्विर सार्वजनिक भएसँगै एकपटक फेरी जेन्डर केज परिवारमा उनको प्रवेश पक्का भएको अनुमान लगाइएको छ । यो तस्विरको क्याप्सनमा जेन्डर केज–४ को साथमा दीपिकाको नाम पनि छ । एजेन्सी

प्रकाशित मिति : २२ पुष २०७६, मंगलवार ०४:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।