Logo

प्रदेश

सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा बुधवार रातीदेखि पुन: हिमपात



सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा बुधवार रातीदेखि हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ ।

बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्ली नारायण पाण्डेयले जानकारी दिए । उनले सदरमुकाम गोठालापानीमा समेत हिमपात भएरहेको बताए ।
अनारखोली क्षेत्रमा भएको भारी हिमपातपछि डडेल्धुरा–बैतडी दशरथचन्द राजमार्ग समेत अवरुद्ध भएको छ। राजमार्ग अबरुद्ध हुँदा सयौ यात्रुहरू बाटोमा अलपत्र परेका छन ।

डडेल्धुराको सदरमुकाम सहित विभिन्न क्षेत्रमा हिमपात भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए। डडेल्धुराको भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टेलगायतका स्थानमा पनि हिमपात भएको उनले बताए।

हिमपातपछि हगुल्टे क्षेत्रमा भीमदत्त राजमार्ग समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए। उनले हिमपात जारी रहेका कारण हिउँ पन्छाउने काम समेत हुन नसकेको जानकारी दिए ।

पहाडि जिल्लामा हिउ र तराईमा सिमसिम बर्षा भइरहेको छ । जसका कारण चिसो बढेर जनजिवन प्रभावित बनेको छ । चिकित्सकहरुले बालवालिका र बृद्धहरुलाई चिसोले बढि प्रभाव पार्ने भएकोले सचेत रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २४ पुष २०७६, बिहीबार ०४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।