Logo

मनोरञ्जन

श्रद्धाले उडाइन् वरुणको खिल्ली



वरुण धवन र श्रद्धा कपुर फिल्ममा एकसाथ देखिने मात्र हाइन रियल लाइफमा पनि राम्रा साथि हुन् । यिनको जोडी निकै जम्छ । उनीहरु सोसल मिडियामा पनि एकअर्काको कमेन्ट गरिरहन्छन् । यसपटक जब वरुणले आफ्नो नयाँ फिल्मको पोस्टर सोसल मिडियामा पोस्ट गरे तब श्रद्धाले सेयर गर्दै फन्नी कमेन्ट गरिन् ।

वरुणले १३ जनवरीमा फिल्म ‘मिस्टर लेले’ को पोस्टर सेयर गरेका थिए । पोस्टरमा वरुण अन्डर वेयर मात्रै लगाएर ह्यान्स अप मुद्रामा देखिएका थिए । यो फन्नी पोस्टरमा उनका फ्यानले पनि फन्नी कमेन्ट गरेका छन् ।

श्रद्धाले इन्स्टाग्राम स्टोरीमा पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘यस्तो लागिरहेछ कि तिमीले मेरा बाको गम्छा चोरेका छौ । लव इट चिरकुट ।’ योसँगै श्रद्धाले बैजनी मुटु पनि बनाएकी छिन् । वरुणको यो फिल्म शशांक खेतानले निर्देशन गर्दै छन् भने निर्माण करण जोहरले गर्दैछन् । फिल्म अर्को वर्ष १ जनवरीमा रिलिज गरिदैँ छ । वरुण र श्रद्धाले ‘स्ट्रिट डान्सर घडि’मा स्क्रिन सेयर गरेका छन् । यो डान्स केन्द्रित फिल्म २४ जनवरीमा रिलिज हुँदैछ । एजेन्सी

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।