Logo

अनलाइनपाना खोज

गायिका आस्था राउतलाई अस्पताल भर्ना गरियो



स्वास्थ्यमा समस्या आएकोभन्दै गायिका आस्था राउतलाई हिरासतबाट अस्पतालमा लगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले सोमबार साँझ नै राउतलाई अस्पताल भर्ना गरिएको बताए । राउतलाई त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना गरिएको छ ।

सोमबार बिहान अभिभावकसहित टेकु पुगेर राउतले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन् । त्यसपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौं उपस्थित गराएको प्रहरीले उनीमाथि अनुसन्धानका लागि चार दिनलाई अनुमति पाएको थियो ।

सामान्य विवादमा पक्राउ पूर्जी जारी गरेर चार दिन म्याद थप गरिएको भन्दै प्रशासनको आलोचना भइरहेको छ । गत माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा प्रहरी जवान रमिता श्रेष्ठसँग राउतको भनाभन भएको थियो । सिक्किममा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा भएको घटनापछि राउतले फेसबुक लाइभ गर्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १२:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।