Logo

अनलाइनपाना खोज

हिरासतभित्रै आत्महत्याको प्रयास गरेका व्यक्तको मृत्यु



हिरासतभित्रै झुण्डिएर आत्महत्याको प्रयास गरेका एक अभियुक्तको मृत्यु भएको छ । काठमाडौं महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा रहेका लागूऔषध मुद्दाका अभियुक्त हेम राउतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

राउतले आइतबार बिहान साढे ५ बजे हिरासतको शौचालयमा झुण्डिएर आत्महत्याको प्रयास गरेको बानेश्वरका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले जानकारी दिए ।

प्रहरीले देख्ने वित्तिकै तत्काल उद्दार गरेर सिभिल अस्पताल पु¥याएको थियो । तर गएराति राउतको मृत्यु भएको चिकित्सकले घोषणा गरेको रेग्मीले बताए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको छ ।

रावत पटकपटक पक्राउ परेका व्यक्ति भएको प्रहरी तथ्यांकमा उल्ले छ । प्रहरी रेकर्डमा राउत तीन पटक धरौटीमा छुटेको देखिने काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।