नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीको मृत्यु भएको छ ।
धादिङ जिल्लको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।
२२ वर्षीया सिलवाल भरतपुर महानगरपालिका १३ गीतानगर चितवनकी हुन् । ‘कारवाही’ चलचित्रबाट सुरु गरेकी उनले अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् भने नेपाली सांगितिक क्षेत्रमा पनी बिभिन्न गित संगितमा फिचरीङ गरेकी छिन्। ठक्कर दिनेबससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





















प्रतिक्रिया