२०७४ साल मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सफल रुपमा सम्पन्न भयो । निर्वाचनमा प्रदेश २ बाहेकका प्रदेश सभा र प्रतिनिधि सभामा तत्कालिन एमाले र माओवादीको वाम गठबन्धनले एकलौटि सरकार चलाउने गरि बहुमत हासिल गरेसंगै आम नागरिकमा परिवर्तनको प्रत्यक्ष अनुभव गर्ने तिव्र आशा पलायो ।
९ महिने सरकार चलाउदा जनताको मन जितेका केपी शर्मा ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएसंगै देश विकासले गति लिने आशा जनताले गरेका थिए विकास संगै आन्तरिक रोजगारीको प्रबर्द्दन र सुरक्षित वैदेशिक रोजगारी युवाहरुको प्रमुख आशा थियो ।
२०७४ साल चैत ४ गते नेकपाका नेता गोकर्ण बिष्टले श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्रालायको जिम्मेवारी सम्हाले पछि रोजगारीको क्षेत्रमा सुधारको आशा गरेर बसेका युवाहरुमा भरोसा थपियो ।
मन्त्रीमा नियुक्त भएसंगै प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना, श्रमिकको न्युनतम ज्याला वृद्दी लगायतका आन्तरिक रोजगारीका क्षेत्रमा सुधार ल्याउन पहल थालेका गोकर्ण बिष्ट यत्तिमै रोकिएनन्, वैदेशिक रोजगारीका क्षेत्रमा भएको सिन्डिकेट तोड्न तथा सुन्य लागतमा पठाउन आवश्यक कदम चालेर ठगि धन्दा चलाएका म्यानपावरको उठिबास लगाउन प्रयत्न गरिरहे । यहिबीचमा २०७६ मङ्सिर ४ गते मन्त्रीमंडल हेरफेर भएसंगै मङ्सिर ५ गते श्रम मन्त्रालयबाट बिष्टको बहिर्गमन तथा रामेश्वर राय यादवको आगमन भयो ।
मन्त्रीमा नियुक्त भएसंगै आन्तरिक रोजगारीका क्षेत्रमा भएका सुधारका प्रयासलाइ निरन्तरता दिने मात्र नभएर वैदेशिक रोजगारीमा जाने युवाहरुलाई आवश्यक तालिम दिएर मात्र पठाउने उद्घोष गर्नुभएका नवनियुक्त मंत्री यादवको कार्यकाल ३ महिना पुगेको छ । यसबीचमा प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना जस्ता आन्तरिक रोजगारीका क्षेत्र तथा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई वैदेशिक रोजगार बोर्डमार्फत सिप तालिम दिएर सुधारका सुखद सुरुवात भएका छन् ।
नेपालमा बर्षमा करिब पाच लाखको हाराहारीमा नयाँ जनशक्ति श्रम बजारमा आउछन् । युवाहरु स्वदेशमा श्रम गर्न हिचकिचाउने तर विदेशमा जस्तोसुकै काम गर्न तयार हुने प्रवृतिले नेपालका विकास निर्माणका क्षेत्र तथा केहि उद्योगहरु भारत लगायतका मुलुकबाट श्रमिकको आयात गर्न बाध्य भइरहेका खबर बेलाबखत आउने गर्छन । श्रम बजारका लागि यो एउटा प्रमुख समस्या हो ।
युवाहरुलाई बिना हिचकिचाहट स्वदेशमै श्रम गर्न चेतनाको अभिवृद्दी सरकारले तथा स्वदेशमै श्रम गर्नुपर्छ भन्ने मानसिकता युवाहरुले नबनाएसम्म यो समस्या जहाँको तहीं रहने निश्चित छ । त्यस्तै वैदेशिक रोजगारीमा जाने युवाहरु संग अनावश्यक पैसा उठाएर चरम ठगि गर्नेहरुको विगविगी अत्यन्तै बढेको छ । श्रम क्षेत्रमा सुधारका निम्ति थालिऎका कदमलाई निरन्तरता दिएर ठगि धन्दा विरुद्द कडा रुपमा प्रस्तुत भएर अगाडि बढ्ने हो भने तमाम युवागरुको पक्षमा काम गरिराख्न मंत्री ज्युलाई यो एउटा अवसर पनि हो ।
तर यी कार्य गर्न त्यति सहज छैन । वैदेशिक रोजगारीमा युवाहरुमाथि चलाइएको ठगि धन्दा रोक्न सानो प्रयासले पुग्नेवाला छैन । त्यस क्षेत्रका माफिया र दलालहरु अहिलेको समयमा थप शक्तिशाली देखिएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका बारे छरिएका भ्रम र केहि स्थानीय तहहरुले संयमता अपनाउन नसक्दा यो कार्यक्रम आलोचनाको पात्र बनिरहेको छ । सामाजिक सुरक्षा योजनाका बारे रोजगारदाता द्वारा फ़ैलाइयेका झुटा आरोपले लक्षित श्रमिक मध्ये थोरै प्रतिशत मात्रै श्रमिक र रोजगारदाता कम्पनि यस क्षेत्रमा जोडिएका छन् ।
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगिको नियन्त्रण, श्रमिकको हितमा सुरु गरिएका महत्वकांक्षी योजनाहरुको प्रभावकारी कार्यान्वयन अहिलेका प्रमुख चुनौती हुन् । आशा छ यी सबै चुनौतीलाई पार गर्दै लक्ष्य प्राप्तिका साथ माननीय मंत्री ज्युको कार्यकाल सफल बन्नेछ शुभकामना मंत्री ज्युलाई ।





















प्रतिक्रिया