नेपालको पहिलो स्ट्याड-अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को फाइनल (ग्रान्ड फिनाले) आगामी चैत १ गते हुने आयोजकले जनाएको छ । आजसम्म नियमित प्रस्तुति रहने कार्यक्रममा प्रतिस्पर्धी र अतिथिको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
अन्तिम राउन्डको लागि हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुन पुगेका छन । सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सोमा पुन: प्रवेश गरेका थिए ।
फाइनल आर्मी अफिसर्स क्लब र होटल सोल्टी मध्ये एकमा हुने आयोजकले जनाएको छ । हल क्षमताका आधारमा आर्मी अफिसर्स क्लब रोजाइमा रहेपनि यो क्लब निजि संस्था तथा कार्यक्रमलाई नदिने नियम रहेका कारण आर्मी अफिसर्स क्लबमा कार्यक्रम हुनेमा शंका रहेको जनाइएको छ ।
कार्यक्रम गर्म मिल्ने वा नमिल्ने बारेमा आर्मी अफिसर्स क्लबको निर्णय आज आउने र उक्त स्थानमा कार्यक्रम गर्न नसकिए होटल सोल्टीमा कार्यक्रम आयोजना गरिने आयोजकको भनाइ छ ।
यसैगरी कार्यक्रमको बिजेता को बन्ला भन्ने कौतुहलता पनि जागेको छ । अहिलेसम्म दर्शकको भोटलाई आधारमान्दा खड्गबहादुर पुनः अत्यधिक मतकासाथ पहिलो स्थानमा रहेका छन ।





















प्रतिक्रिया