Logo

सूचना/प्रविधि

आज देशभर मौसम सामान्यतया सफा रहने



जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार माघ २६ गते (सोमबार) दिउसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही केहि स्थानमा वर्षा हुने सम्भावना रहेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  महाशाखाले तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकोजनाएको छ । 

यस्तै आज उपत्यकाको अधिकतम् तापक्रम २० डिग्री सेल्सियस र न्युनतम तापक्रम ३ डिग्री रहने अनुमान गरिएको छ । 

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०६:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।