परिक्षामा कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरूलाई ब्लेडले हात चिर्न लगाएको अभियोग लागेकी काठमाडौको जडिबुटीस्थित जागृति एकेडेमीकि शिक्षिका सितालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ ।
बानेश्वर प्रहरी वृतको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकी शिक्षिका कर्माचार्यलाई अभद्र व्यवहार वा अमानवीय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि मात्रै टुंगो लाग्ने जनाएको छ ।
शिक्षिका कर्माचार्यले बिहिवार कक्षाकोठा मै कक्षा ६ र ७ का गरी कुल ३४ जना विद्यार्थीलाई ब्लेडले हात चिर्ने लगाएकी थिइन ।
विद्यालयका अनुसार गत साता कर्माचार्यले २० पूर्णाङ्कको परिक्षा लिएकी थिइन् । कर्माचार्य सामाजिक बिषयकी शिक्षिका हुन् ।




















प्रतिक्रिया