Logo

खेलकुद

कोरोना कहर: च्याम्पियन्स लिगका बाँकी खेल स्थगित



यूईएफएले च्याम्पियन्स लिगका बाँकी खेलहरू स्थगित गरेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले तत्कालका लागि च्याम्पियन्स लिग फुटबलका बाँकी खेलहरू स्थगित गरेको हो ।

यूईएफएले च्याम्पियन्स लिगसहित युरोपा लिगका खेलहरू अनिश्चितकालका लागि स्थगित गरेको हो । च्याम्पियन्स लिगका आगामी खेल मार्च १७ र १८ मा हुने तय थियो ।

योसँगै म्यान्चेस्टर युनाइटेड र रियल मड्रिड, युभेन्ट्सविरुद्ध लियोन, बार्यन म्युनिखविरुद्ध चेल्सी र बन्द रंगशालामा हुने भनिएको बार्सिलोना र नापोलीबीच बन्द रंगशालमा हुने खेल पनि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार १८:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।