Logo

अन्तर्राष्ट्रिय

कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि एकजनाको मृत्यु



विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि एकजनाको मृत्यु भएको छ । लाहौरको मायो अस्पतालमा भर्ना भएका इमरान नाम गरेका व्यक्तिको मृत्यु भएको हो ।

उनी पाकिस्तानको हफीजाबादका बासिन्दा हुन् । इमरान हालै इरानबाट फर्केका थिए । पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १ सय ८६ पुगेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलवार १६:१४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।