Logo

अन्तर्राष्ट्रिय

लखनऊमा उपचारमा संलग्न डाक्टरलाई नै कोरोना संक्रमण



भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन ।

ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ भने हालसम्म १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार १३:४३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।